चितवन, माघ ११–
समाजसेवी ९१ वर्षीय जगुपति सापकोटाले ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ रकम देवघाटस्थित् हरिहर सन्यास आश्रमलाई सहयोग गरेका छन् ।
समाजसेवा गर्ने व्यक्तिको चाहनामा उमेर कहिल्यै बाधक बन्दैन भन्ने कुरा चितवन भरतपुर निवासी सापकोटाले सिद्ध गरेका छन् । समाजसेवालाई आफ्नो जीवनको मूलमन्त्र मान्ने भरतपुरका ९१ वर्षीय सापकोटा अहिलेपनि समाजसेवामा उतिकै सक्रिय छन् ।
देवघाटको प्रसिद्ध हरिहर सन्यास आश्रममा एक कार्यक्रमकाबीच सापकोटाले उक्त रकम सहयोग गरेका हुन् । ९१ वर्षको उमेरमा पनि समाजसेवा गरौं भन्ने आफ्ना बयोबृद्ध पिताको इच्छा पूरा गर्न जगुपतिका छोराहरुले यो सबै काम गरेका थिए ।
यसअघि पनि सापकोटाले धेरैपटक सामाजिक कार्यक्रमा सहगोगी हातहरु अघि बढाईसकेका छन् । उनले विभिन्न सामाजिक काममा मनग्य सहयोग रकम हस्तान्तरण गरिसकेका छन् ।
विशेषगरि उनले मठ, मन्दिर, पौवा निर्माणको लागि सहयोग गरिसकेका छन् । उमेरमा कमाएको सम्पत्ति आफ्नै नाममा ट्रस्ट खोलेर सामाजिक क्षेत्रका लागि बाँडिरहेका छन् ।
आफ्ना बयोबृद्ध पिताको इच्छा पूरा गर्नका लागि उनका सबै छोराहरुबीच एकमत भएको थियो, जसका कारण यो सबै सम्भव भएको हो । जगुपतिका ६ भाई छोराहरु अहिले सबै आ–आफ्नो पेशा र व्यवसायका क्रममा देश बाहिर छन् ।
समाजसेवा गर्नका लागि पहिले मन चाहिन्छ, त्यसपछि मात्रै धनको कुरा आउँछ भन्ने पुरानो भनाईलाई जगुपतिको परिवारले चरितार्थ गरिदिएको छ। ९१ वर्षीय जगुपतिलाई देवघाटको झोलुगें पुल तराएर कार्यक्रमस्थलमा पु¥याउन झण्डै आधा घण्टा लागेको थियो।
जगुपतिको यो समाजसेवी कर्मले त्यहाँ उपस्थित सबै अत्यन्तै खुशी थिए। मन्दिरका पीठाधिशले समाजमा यस्ता दानवीरहरु अझै भगवानले कति कतै राखिदिएको भन्दै खुसी व्यक्त गरे ।
जगु्पतिले ५१ लाखको चेक हस्तान्तर गर्दै आफ्नो यो अन्तिम इच्छा र सहयोग नभएको भन्दै भोलिका दिनमा आफुले गच्छअनुसार अरु सहयोग गर्दै जाने रहर बाँकी नै रहेको बताउँदा त्यहाँ उपस्थित सबै भावुक बनेका थिए ।