Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एउटै व्यक्ति २० वटा कम्पनी मार्फत् सेयर बजारमा लगानी गर्दै – Gaule Khabar

एउटै व्यक्ति २० वटा कम्पनी मार्फत् सेयर बजारमा लगानी गर्दै

एउटै व्यक्ति २० वटा कम्पनी मार्फत् सेयर बजारमा लगानी गर्दै

काठमान्डौं, माघ ११-

सेयर बजारमा एउटै व्यक्ति कार्यकारी प्रमुखको रुपमा रहेर २० वटासम्म लगानी कम्पनीहरु मार्फत् धितोपत्र कारोबार गरिरहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको लगानी कम्पनीको स्थिती सम्बन्धी प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो ।

अध्ययनबाट बजारमा हाल १ हजारको संख्यामा निजी लगानी कम्पनीहरु रहेको देखिएको छ । यस्ता अधिकांश कम्पनीहरुको लगानीको उद्देश्य फरक भएपनि  धितोपत्र बजारमा लगानी गरिरहेको देखिएको छ । धितोपत्र बजारमा लगानी गर्ने उद्देश्य सहित स्थापना भएका कम्पनीहरु भने करिब एक तिहाई (३ सय) को हाराहारीमा मात्र रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

बोर्डले लगानी कम्पनीको थप अध्ययन गरी यस्ता कम्पनीहरुलाई पुँजीबजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधी समेत पारदर्शी भर्ई दोस्रो बजार थप व्यवस्थित रुपमा विकास तथा विस्तार हुने बोर्डले अपेक्षा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका