एप्पलको आइफोन ८ मा वायरलेस चार्जिङ !

एप्पलको आइफोन ८ मा वायरलेस चार्जिङ !

काठमान्डौं, माघ ११-

एप्पलको आगामी आइफोन ८ लाई लिएर विभिन्न चर्चा र अड्कलबाजीहरु जारी छन् । अनुमान के छ भने, आइफोन ८ मा ठूलो स्कृिन हुनेछ र अन्य राम्रा फिचरहरु पनि थपिनेछन् । त्यसमा पनि सबैभन्दा बेसी एउटा फिचरको चर्चा भइरहेको छ । त्यो हो एडभान्स्ड वायरलेस चार्जिङ टेक्नोलोजि, जसमा स्मार्टफोनलाई कुनै प्याडमा राख्नुपर्ने आवश्यकता हुँदैन ।

हालै एउटा रिपोर्ट सार्वजनिक भएको छ, जसमा दावी गरिएको छ कि एप्पलले वायरलेस चार्जिङको लागि आवश्यक पार्ट्सको निम्ति चीनको एउटा कम्पनीसँग करार गरेको छ । ‘कम्पनी यस्तो चार्जिङ प्रविधि प्रयोग गर्न चाहन्छ, जून अहिलेसम्म व्यवसायिक स्मार्टफोन बजारमा देखिएको छैन,’ रिपोर्टमा भनिएको छ ।

डिजिटाइम्सले चीनको एउटा मिडिया हाउसको हवला दिएर उक्त रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार ताइवानको सेमी-कन्डक्टर कम्पनी ‘लिट-अन’ ले एप्पलाई जिपिपि ब्रिज रेक्टिफार्यर्स दिनका लािग करार गरेको छ जसलाई आइफोन ८ मा वायरलेस चार्जिङको निम्ति प्रयोग गरिनेछ । यसका लागि कम्पनीले आधा अर्डर प्राप्त गरिसकेको रिपोर्टमा उल्लेख छ । यस्तो प्रणालीले १५ फिट टाढाबाट आइफोन चार्ज गर्न सकिने बताइएको छ ।

चर्चाअनुसार इनेर्गस नामक कम्पनी पनि वायरलेस चार्जिङका लागि एप्पलसँग मिलेर काम गरिरहेको छ । यस कम्पनीले पछिल्लो वर्ष आफ्नो वाटअप वायरलेस चार्जिङ टेक्नोलोजीको डेमो दिएको थियो जसमा लामो दुरीबाट पनि चार्जिङ गर्न सकिन्छ । एप्पलको १० औं वाषिर्कोत्सवका अवसरमा यसै वर्षको उत्तरार्द्धमा आइफोनको आठौं संस्करण बजारमा आउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका