Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
फस्टाए घरेलु उद्योग ‘चितवनमा आठ हजार ५४ पुग्यो’ – Gaule Khabar

फस्टाए घरेलु उद्योग ‘चितवनमा आठ हजार ५४ पुग्यो’

फस्टाए घरेलु उद्योग ‘चितवनमा आठ हजार ५४ पुग्यो’

चितवन, माघ ११–

चितवनमा धमाधम घरेलु तथा साना उद्योगहरु खुलेका छन् । साउन यतामात्र ६ महिनामा ५८२ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भरतपुरले हालसम्म चितवन जिल्लामा आठ हजार ५४ वटा घरेलु तथा साना उद्योग दर्ता भएको जानकारी दिएको आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
‘चितवनमा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । लोडसेडिङ घट्नु, राज्यले साना उद्योगहरुलाई प्रोत्साहन गर्ने खालका नीतिहरु ल्याएको हुनाले पनि घरेलु तथा साना उद्योगहरु खोल्नेक्रम बढेको हो’ घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख होमप्रसाद घिमिरेले भने, ‘साना उद्योगहरुलाई अझ उकास्न राज्यले थप लगानी गर्नुपर्छ । अनि बल्ल समृद्धिको सपना देख्न सकिन्छ ।’
गत वर्ष चरम लोडसेडिङ, विनाशकारी भूकम्प, नाकाबन्दीलगायतका कारणले चितवनमा घरेलु तथा साना उद्योगहरु निक्कै कम खुलेका थिए । यो वर्ष लोडसेडिङलगायतका समस्या समाधान हुँदै गएपछि घरेलु तथा साना उद्योगहरु खुल्नेक्रम बढेको हो ।
‘गत वर्ष जम्मा ८३८ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए, तर यो वर्ष यो संख्यालाई निक्कै उछिन्ने सङ्केत देखिन्छ’ घरेलु तथा साना उद्योग कार्यालयका प्रशिक्षण अधिकृत रमेशकुमार कर्माचार्यले भने, ‘सरकारले औद्योगिक व्यवसाय ऐन–२०७३ ल्याएको छ, यसको नियमावली बनेपछि साना उद्योगहरु खुल्नेक्रम अझ बढ्ने देखिन्छ ।’
साउनदेखि यता भरतपुर उपमहानगरपालिकामा २५०, चित्रवन नगरपालिकामा ३१, माडी नगरपालिकामा १२, नारायणी नगरपालिकामा ४५, रत्ननगरपालिकामा १२८, राप्ती नगरपालिकामा २१, कालिका नगरपालिकामा १३ वटा नयाँ घरेलु तथा साना उद्योगहरु दर्ता भएका छन् । चितवनका पहाडी गाविस दारेचोक, दाहाखानी र कविलासमा पनि नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका