Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भरतपुरस्थित कपास गोदाममा आगलागी – Gaule Khabar

भरतपुरस्थित कपास गोदाममा आगलागी

भरतपुरस्थित कपास  गोदाममा आगलागी

चितवन, माघ १०-

चितवनको भरतपुरस्थित एक कपास गोदाममा आज दिउँसो आगलागी भएको छ ।

भरतपुर–१० स्थित शङ्कर श्रेष्ठको आफ्नै घरमा रहेको कपास गोदाममा आगलागी हुँदा रु छ लाखभन्दा बढीको क्षति भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । दिउँसो २ः३० बजे लागेको आगो करिब १०÷१५ मिनेटकै अन्तरालमा नियन्त्रण गर्न सकिएकाले क्षति कम भएको चितवन प्रहरीले जनाएको छ ।

समयमै प्रहरीमा खबर आइपुगेकाले छोटो समयमै आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । भरतपुर उपमहानगरबाट गएको दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए । गोदाममा विद्युत् चुहावट भई आगलागी भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका