Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धरानकाे बिपी प्रतिष्ठान अस्पतालभित्रै बिरामी र कुरूवाले किन गरे एकै साथ अात्महत्या – Gaule Khabar

धरानकाे बिपी प्रतिष्ठान अस्पतालभित्रै बिरामी र कुरूवाले किन गरे एकै साथ अात्महत्या

धरानकाे बिपी प्रतिष्ठान अस्पतालभित्रै बिरामी र कुरूवाले किन गरे एकै साथ अात्महत्या

इटहरी, माघ १०-

सुनसरीकाे धरानस्थित बिपी काेइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकाे हाताभित्र एक बिरामी र कुरूवाले फरक फरक समयमा एकै दिन अात्महत्या गरेका छन । माेरङ सिजुवाका ५३ बर्षीय गंगा भट्टरार्इ र झापा तोपगाछीका ३३ वर्षीय दुर्गा बराइलीले फरक फरक समयमा अाइतबार अात्महत्या गरेका हुन । सिजुवाका ५३ बर्षीया भट्टरार्इ लामाे समयदेखी घाटीकाे क्यान्सरबाट संक्रमित रहेका थिए उनी धरान स्थित प्रतिष्ठानमा उपचार गराइरहेका थिए ।

दिल्लीको राजीव गान्धी अस्पतालमा घाँटीको शल्यक्रिया गराएका उनको छातीमा प्वाल पारेर श्वासप्रश्वास सुचारु गरिएको थियो ।  भट्टराई प्रतिष्ठानकै रजिस्टार कार्यालयका सिनियर अफिसरसमेत हुन् । त्यसै गरी झापा तोपगाछीका ३३ वर्षीय दुर्गा बराइली छोरा, भतिज र बैनीलार्इ कुरेर बसेका थिए । उनलेपनि अाइतबारनै अात्महत्या गरेकाे र ३ बजेर २२ मिनेट जाँदा उनी पेइङ वार्डबाहिर मृत अवस्थामा भेटिएकाे प्रतिष्ठान प्रहरी पोस्टका इन्चार्ज सई तिलक गिरीले बताए ।

प्रहरीले दिएकाे जानकारी अनुसार माेरङ सिजुवाका ५३ बर्षीय भट्टरार्इ अत्याधिक पिडा सहन नसकेपछि उनले अात्महत्या गरेकाे हुन सक्ने अनुमान लगाएकाे छ भने झापा  तोपगाछीका ३३ वर्षीय बराइली बिरामी अामाकाे उपचार खर्च जुटाउन नसकेपछि अात्महत्या गरेकाे अनुमान लगाएकाे छ । बराइली बराइलीको शव राति १० बजे सर्जरी वार्ड २ नं.नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको भ¥याङमा डोरीको पासो बनाएर झुन्डिएको अवस्थामा फेला परेको थियाे ।

 अामा फूलमाया विकलार्इ स्तन क्यान्सर भएकाे पत्ताे पाएदेखी नै निरास अवस्थामा रहेका बराइलीले तिन दिन अघी मात्र प्रतिष्ठानमा उपचारकालागि ल्याएका थिए । तर चिकित्सकहरूले उपचार खर्च सुनाएपछि साे खर्च जुटाउन नसकेपछि उनले अात्महत्या गरेकाे हुन सक्ने प्रतिष्ठान प्रहरी पोस्टका इन्चार्ज सई तिलक गिरीले बताए । यता पाँच घन्टाको अवधिमा दुईवटा घटना हुँदा समेत प्रतिष्ठानमा सुरक्षामा खटिएको केटिएम सेक्युरिटी , प्रतिष्ठान कर्मचारी , प्रहरी लगायत कसैले पनी केही पत्ताे पाएन । उता बिरामीकाे निगरानीमा रहने नर्स एवम चिकित्सकहरूले समेत बिरामीकाे अवस्थाबारे जानकारी नलिनु याे प्रतिष्ठानकाे हदैसम्मकाे लापर्वाही हुने गरेकाे प्रस्ट देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका