Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लिखु खोलाको पुल वैशाखसम्म बन्ने – Gaule Khabar

लिखु खोलाको पुल वैशाखसम्म बन्ने

लिखु खोलाको पुल वैशाखसम्म बन्ने

रामेछाप,माघ ९ –

गुम्देल गाविस र सोलुुखुम्बुको चौँलाखर्क जोड्ने लिखु खोलाको पुल निर्माण पाँच वर्षमा पनि पूरा हुन सकेको छैन ।
विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार० र सिरुवा लोकप्रियादेवी कन्स्ट्रक्सनबीच सम्झौता भई पुल निर्माणको गति अहिले भने बढेको छ ।
बढीमा डेढ वर्षभित्र पुल निर्माण भइसक्ने शिलान्यास भएको बेला तत्कालीन स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी र ठेकेदारले भने तापनि हालसम्म पुल निर्माण नहँुदा रामेछाप बाम्तिभण्डार हँुदै राजधानी चल्न सक्ने सडक निर्माणको काम अवरुद्ध तथा राजधानीदेखि यस क्षेत्रबाट सोलुखुम्बुका केही गाविसमा पुग्ने यातायातका साधन कोसीवारि नै थन्किन बाध्य छन् । सोलुुखुम्बुको कोसीपारिका गाविस गोल, चौँलाखर्क र भकान्जेका बासिन्दा थप मर्कामा परेका छन् ।
रु तीन करोड ५० लाखको लागतमा समझौता भएको सो ट्रस ब्रिजको निर्माण दुई वर्ष अवरुद्ध भएको थियो । विसं २०७० असार मसान्तसम्ममा निर्माण भइसक्नुपर्ने थियो । अघिल्लो वर्षको चैत सांसद बलबहादुर केसी र डोलिडारका प्राविधिकसहितको उपस्थितिमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दबाब दिएपछि काम सुरु भएको थियो ।

अन्तिम पटकका लागि एक वर्षको म्याद थप भएकाले २०७४ असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने दबाब भएपछि हाल काम भइरहेको छ । अहिले रामेछापतर्फको स्तम्भ र निर्माण सकिएको तथा सोलुखुम्बुतर्फको निर्माणका लागि बेरिङ नआइपुगेकाले निर्माण हुन सकेको छैन । सकेसम्म वैशाखभित्र पुल निर्माण भइसक्ने सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनका प्रोप्राइटर मदन बस्नेतले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका