काठमाडौं,माघ ९ –
मुलुकभरका पत्रकारहरुलाई चुनाबी चटारोले छोएको छ । हरेक तीन वर्षको मे थर्ड (वैशाख २०, २१) मा पत्रकार महासंघ केन्द्रीय समितिको चुनाव हुने भएकाले आगामी फागुन र चैत पत्रकारहरुका चुनावी चटारोको महिना बनेको हो ।
पत्रकार महासंघ केन्द्रले जनाएअनुसार काठमाडौंमा रहेका जिल्ला, प्रतिष्ठान, एशोसिएट र काठमाडौं बाहिरका ७५ वटै जिल्लाले फागुनभित्र आ-आफ्नो शाखाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । गत २६ र २७ पुसमा बसेको महासंघको केन्द्रीय समितिको ११ औं बैठकले सबै शाखाहरुलाई निर्वाचनको तिथि तोक्दै परिपत्र जारी गरिसकेको छ ।
पत्रकार महासंघले गरेको निर्णय अनुसार सबै प्रतिष्ठानको चुनाब एकै दिन फागुन २४ गते मंगलबार हुने छ भने एसोसिएटतर्फका सबै संस्थाहरुको चुनाव फागुन २६ गते हुने छ ।
त्यस्तै फागुन २६ गते काठमाडौं, भक्तपुर, ललितपुर शाखाको चुनाव हुने छ ।
नयाँ सदस्यताको अन्तिम टुंगो पत्रकार महासंघले माघ १० गते भित्र र नवीकरण तथा स्थानान्तरणको अन्तिम टुंगो माघ १५ गते भित्र गरिसक्ने भएको छ । सबै जिल्लाका पत्रकारहरुले माघ १० गतेभित्रै अन्तिम नामावली पठाउनुपर्ने छ भने सदस्य बनेबापतको शुल्क माघ १५ भित्र केन्द्रमा पठाइसक्नु पर्ने निर्णय गरेको छ ।
कुन जिल्लाको चुनाव कहिले ?
महासंघले विभिन्न जिल्ला शाखाहरुको चुनावको मिति तोकेको छ, जसन यसप्रकार छ,
०७३ फागुन ३ गतेः
पश्चिम क्षेत्रका जिल्ला शाखाहरुः गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, नवलपरासी । मुस्ताङ र मनाङमा मौसमका कारण अनुकुलताका आधारमा मिति तय गरिने छ ।
०७३ फागुन ७ गतेः
पूर्व क्षेत्रका जिल्ला शाखाहरुः तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, उदयपुर, सिराह, सप्तरी ।
०७३ फागुन १२ गतेः
मध्यपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः रुकुम, रोल्पा, प्यूठान, दाङ, सल्यान, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत, दैलेख ।
०७३ फागुन १७ गतेः
मध्य क्षेत्रका जिल्ला शाखाहरुः रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा ।
०७३ फागुन २२ गतेः
सुदुरपश्चिम क्षेत्रका जिल्ला शाखाहरुः कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला, बझाङ ।
०७३ फागुन २४ गतेः
काठमाडौं उपत्यकाका सबै प्रतिष्ठान शाखाहरु ।
०७३ फागुन २५ गतेः
एसोसिएट तर्फका सबै संस्थाहरु ।
०७३ फागुन २६ गतेः
उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र कणर्ाली क्षेत्रका सवै जिल्ला शाखाहरु जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा ।
-अनलाइनखबरबाट