Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘छक्का पञ्जा’ को गीत ‘पूर्व पश्चिम रेल’ एक करोडले हेरे – Gaule Khabar

‘छक्का पञ्जा’ को गीत ‘पूर्व पश्चिम रेल’ एक करोडले हेरे

‘छक्का पञ्जा’ को गीत ‘पूर्व पश्चिम रेल’ एक करोडले हेरे

काठमाडौं,माघ ९ –

नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ को गीत ‘पूर्व पश्चिम रेल’ को युट्युब भ्युवर्स एक करोड नागेको छ । शनिबार साँझ यो गीत युट्युब च्यानलमा सर्च गरेर हेर्नेको संख्या एक करोड नागेको हो ।

‘पूर्व पश्चिम रेल’ मा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर छ । यो गीतमा शब्द तथा संगीत गायक शिबाकोटी कै हो । “मैले सिर्जना गरेको कलालाई दर्शक तथा स्रोताले गर्नु भएको यो सम्मान हो,” शिबाकोटीले भने, “यसले मलाई थप जिम्मेवारी बोध गराएको छ । अझै राम्रा सिर्जना दिन दर्शक तथा स्रोताले मलाई झक्झक्याएको अनुभूत गरेको छु ।”

संगीत संयोजन राजन इशानको रहेको यो गीतको म्युजिक भिडियोको कोरियोग्राफि कविराज गहतराजले गरेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको भिडियो सम्पादन विपिन मल्लले गरेका हुन् भने निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् ।

नेपाली गीत युट्युब च्यानलमा एक करोडभन्दा धेरैले हेरिएको यो दोस्रो गीत हो । यसअघी पनि गायक सिवकोटीकै ‘सुर्के थैली खै’ ले पहिलो पटक इतिहास रच्दै एक करोड भ्युअर्स कटाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका