Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आहा रारा गोल्डकपः आयोजक सहारा सेमिफाइनलमा – Gaule Khabar

आहा रारा गोल्डकपः आयोजक सहारा सेमिफाइनलमा

आहा रारा गोल्डकपः आयोजक सहारा सेमिफाइनलमा

पोखरा, माघ ८–

पोखरामा जारी पन्ध्रौं आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहारा क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–२ अन्तरले पराजित गर्दै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित ९० र थप ३० मिनेट समयमा गोल नभएपछि टाइब्रेकरमा निर्णय भएको थियो । टाइबेकरमा सहाराका उत्तम गुरुङ, सुसन गुरुङ, शिव सुवेदी र रमेश मगरले गो गरेका थिए भने युनाइटेडका सञ्जय क्षेत्री तथा र फूर्वा छिरिङ लेप्चाले गोल गरे पनि सोनाम तोप्देन र आषिश क्षेत्रीले हानेको बल पोस्ट माथिबाट बाहिरिएको थियो ।

प्रतियोगितापछि आयोजित पत्रकार भेटघाटमा सहारा क्लब पोखराका कोच किरण श्रेष्ठले सुरुदेखि नै दुवै टोलीबीच कडा प्रतिष्पर्धा भएको बताउँदै गोल हान्ने धेरै अवसर गुम्न गएको बताउनुभयो ।

युनाइटेड सिक्किमका प्रशिक्षक अर्जुन राईले दुवै टिम सुरुवातदेखि नै राम्रो खेलेका कारण कडा प्रतिष्पर्धा भएको बताउँदै आयोजक सहारा क्लबले गोल्डकपमा खेल्नका लागि दिएको अवसर प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

आहा रारा गोल्डकपअन्तर्गतको आइतबारका दोस्रो क्वाटरफाइनल खेल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र धरान फुटवल क्लबबीच हुनेछ ।

अब सहाराले आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनलमा खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका