चितवन, माघ ८–
मोहन बैद्य नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिती चितवनको जिल्ला भेला समपन्न भएको छ ।
आज भरतपुरमा सम्पन्न भेलाले अमित सापकोटाको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । जसको सह–संयोजकमा रुपक पोखरेल चयन भएका छन् । आगामी स्वबियु निर्वाचनलाई लिक्षतगदै संगठनले आफ्ना कार्यसमिती चयन गरेको हो । संगठन सुद्धिणकरण अन्तर्गत स्ववियु निर्वाचन हुने कलेजहरुमा आफ्ना गतिबिधिहरु संचालान गरिने सह–संयोजकमा पोखरेल जानकारी दिए । जिल्ला अध्यक्ष अमृत चापागाईको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा संगठनका तामसालिङ राज्य इन्चार्ज शिलु न्यौपाने, पार्टी जिल्ला सेक्रेटरी सुरेश गौतम, जिल्ला नेता बिपिन शर्मालगाएतको उपस्थिती रहेको थियो ।