Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालमै पहिलोपटक झापामा स्वास्थ्य महोत्सव सुरु – Gaule Khabar

नेपालमै पहिलोपटक झापामा स्वास्थ्य महोत्सव सुरु

नेपालमै पहिलोपटक झापामा स्वास्थ्य महोत्सव सुरु

काँकडभिट्टा (झापा), माघ ८ –

प्रथम स्वास्थ्य महोत्सव आजबाट झापाको मेचीनगरमा सुरु भएको छ ।

नेपाली काँग्रेसको आयोजनामा सुरु भएको महोत्सव माघ १४ गतेसम्म सञ्चालन हुने छन् । महोत्सवमा २५ हजारलाई निःशुल्क उपचार सेवा पु¥याउने लक्ष्य आयोजकले लिएको छ ।

राष्ट्रिय धुन बजाएर उद्घाटन गरिएको सो महोत्सवको पहिलो दिन आज ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवा प्रदान गरिने भएकाले स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा ज्येष्ठ नागरिक बिहानैदेखि लामवद्ध भएर उभिएका छन् ।

काठमाडौँ, पोखरा, विराटनगर, धरान, भद्रपुर, विर्तामोड र मेचीनगरका २५ वटा अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले महोत्सवमा निःशुल्क उपचार सेवा प्रदान गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महोत्सवमा ‘रोग अनुभव र अनुभूति’ विषयक छलफल कार्यक्रम समेत आयोजना गर्ने भएको छ । महोत्सवस्थलमा सेवाग्राहीको बढेको भीडलाई व्यवस्थापन गर्न स्वयम्सेवकको रुपमा तरुण दलका कार्यकर्तालाई परिचालन गरेका छन् भने त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सघाएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका