काठमाडौँ,माघ ८ –
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको परिवेशमा २०११ सालदेखि पत्रकारिता प्रारम्भ गरी पत्रकारितामै जीवन समर्पित गर्नुभएका वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको जीवनमा आधारित वृतचित्र ‘चाचाजी’ निर्माण गरिएको छ ।
‘चाचा’ नामले परिचित पत्रकार गुप्ताका जीवनका विभिन्न पक्ष उठान गरी वृतचित्र तयार गरेको वृतचित्रका निर्माता÷निर्देशक सञ्चारकर्मी सन्तोष रेग्मीले आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिनुभयो ।
८८ वर्षीय पत्रकार गुप्ता आज पनि पत्रकारितामा उत्तिकै सक्रिय हुनुहुन्छ । आफै समाचार लेख्ने, कम्पोजिङ गर्ने, छाप्ने र वितरणसम्मको काम आफैँ भ्याउने उहाँको परिचय आज पनि उही रुपमा जारी छ ।
पत्रकारितामा समर्पित हुँदा २०१७ सालयता गुप्ताले भोग्नु परेका विभिन्न समस्या, यातना, अभाव, सङ्घर्ष वृत्तचित्रमा समेटिएको सञ्चारकर्मी रेग्मीले बताउनुभयो ।
विसं २०१७ पछि मिसन पत्रकारिता सुरु गर्नुभएको र त्यसका लागि आफ्नै सम्पादनमा २०३१ मा साप्तिाहिक ‘किरण’को प्रकाशन थाल्नुभएका गुप्ताको पत्रकारिताको यात्रा अनवरत रुपमा जारी छ ।
पत्रकार गुप्तालाई नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिसकेको छ भने प्रेस काउन्सिल नेपालको गोपालदास पत्रकारिता पुरस्कारलगायतका दर्जनाँै सम्मान र पुरस्कारबाट गुप्ता सम्मानित भइसक्नुभएको भएको छ । – रासस