माघ ८ –
वैदेशिक शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि चितवनमा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढमा रहेको ग्लोबल रिचले फेयरको आयोजना गर्न लागेको आज नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । सम्मेलनमा फेयरको तयारी अन्तिम चरणमा पुगेको र यस्ता खालका एजुकेशन फेयर वैदेशिक शिक्षामा जाने विद्यार्थीहरुका लागि आबश्यक रहेको ग्लोबल रिचका लागि नेपालका प्रमुख नरायण वजाजले जानकारी दिनुभयो । यही जनवरी २४ तारिख अर्थात माघको ११ गते लायन्सचोकस्थित होटेल रेड कार्पेटमा फेयर आयोजना हुने ग्लोबल रिचका नारायणगढ शाखा प्रमुख सुरेश पौडेलले जानकारी दिनुभयो । एक दिने हुने सो फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ । यस पटकको फेयरमा करिव १३ वटा विश्वविद्यालयहरुको आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलनमा जानकारी दिईएको छ । जसका कारण विद्यार्थीहरुले सहजै सबै सूचना पाउन सक्ने आयोजकले अपेक्षा गरेको छ । सो फेयरमा छात्रवृत्ति, स्पट एप्लिेशन लगायत बारे जानकारी गराईने छ । ग्लोबल रिचले चितवनका विद्यार्थीहरुका वर्षमा २ पटक यस्तो खालको एजुकेशन फेयर गर्दै आईरहेको छ ।