Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लगत संकलन कार्यमा सघाउन सामाजिक परिचालकलाई तालिम – Gaule Khabar

लगत संकलन कार्यमा सघाउन सामाजिक परिचालकलाई तालिम

लगत संकलन कार्यमा सघाउन सामाजिक परिचालकलाई तालिम

चितवन, माघ ८ –

भूकम्प प्रभावित वस्तीमा पुगेर लगत संकलन गर्ने कार्यमा सघाउन सामाजिक परिचालकहरुलाई दुई दिने तालिम सुरु भएको छ । नारायणगढमा सुरु भएको तालिममा चितवनका नगरपालिका, कविलास, शक्तिखोर लगायतका क्षेत्रका २८ जना सामाजिक परिचालकलाई तालिम आयोजना गरिएको हो । जिल्ला लगत संकलन तथा व्यवस्थापन कार्यालय चितवनले भूकम्प प्रभावित आवास पुर्ननिर्माण लगत संकलन कार्यक्रमबारे तयार भएको सर्वेक्षण निर्देशिकाबारे जानकारि गराउन तालिमको आयोजना गरेको हो ।
यसअघि पुस २८ गते दुई दिने तालिममा २४ जना सामाजिक परिचालकहरु सहभागि भएका थिए । जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयका प्रमुख जिवनाथ आचार्यले सामाजिक परिचालकहरुले गणना कार्यमा घरपरिवार र सर्वेयरबीच सहजकर्ताको भूमिका निर्वाह गर्ने भएकाले तालिम दिइएको बताए । घरको क्षति आँकलन तथा परिवारको लगत संकलन कार्यमा सर्वेयरको रुपमा इन्जिनीयरहरु सहितको विज्ञ प्राविधक सहितको टोली खटिएको छ । लगत संकलन कार्यमा तोकिएको क्षेत्रको सीमाना, भौगोलिक अवस्था, वस्ती, बाटोघाटोबारे प्रयाप्त जानकारि सामाजिक परिचालकलाई थाहा हुने भएकाले विज्ञ प्राविधिक सहितको टोलीमा सामाजिक परिचालक समावेश गर्ने नीति लिइएको उनले बताए ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले राज्यप्रतिको दायित्व निर्वाह गर्ने अवसर सामाजिक परिचालकहरुले पाएको भन्दै दायित्वबोध गर्न आग्रह गरे । पीडितसँग नजिक सम्बन्ध भएकाले सामाजिक परिचालकहरुले वास्तविक लगत संकलन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरे । कार्यक्रममा जिल्ला विकास समितका प्रकोप सम्पर्क व्यक्ति बलराम लुइँटेल, लगत संकलन कार्यालयका सुपरिवेक्षक चन्द्र बस्नेत लगायतले तालिममा सहजीकरण गर्नेछन् । चितवनमा १८ हजार ७ सय ५२ भूकम्पपीडित रहेको तथ्याङ्क जिल्ला विपद् व्यवस्थापन समिति चितवनमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका