Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विराटनगर नाका भएर काठ आयात – Gaule Khabar

विराटनगर नाका भएर काठ आयात

विराटनगर नाका भएर काठ आयात

विराटनगर,माघ ८ –

विराटनगर नाका भएर १४ हजार क्युविक घनमिटर भन्दा बढी काठ नेपाल भित्रिएका छन् ।

पूर्वी क्षेत्रका उपभोक्ताको मागलाई पूर्ति गर्नका लागि सो परिमाणका काठ तेस्रो मुलुकबाट भित्रिएको हो । यस क्षेत्रका जङ्गलमा उत्पादित काठमध्ये विशेषगरी सखुवा जातको काठको माग अत्यधिक रहेका छन् । मागअनुरुप आपूर्ति हुन सक्ने सम्भावना नदेखिएपछि तेस्रो मुलुकबाट काठको आयात हुन थालेको हो ।

जिल्ला वन कार्यालय मोरङकाअनुसार, आव ०७०÷७१ मा पाँच हजार ८५३ क्युविक घनमिटर, ०७१÷७२ मा तीन हजार ६४८ क्युविक घनमिटर, ०७२÷७३मा एक हजार ८५५ क्युविक घनमिटर र चालु आर्थिक वर्षको प्रथम ६ महिनामा तीन हजार ९६ क्युविक घनमिटर गरी कुल १४ हजार ४५२ क्युविक घनमिटर काठ यो नाका भएर नेपाल भित्रिएका छन् ।

सबैभन्दा बढी काठ इन्डोनेसिया र बर्माबाट भित्रिएका छन् । भित्रिएका काठमा बङ्कीराई र कपुर जातका बढी छन् । यी जातका काठ साल जातकै काठ जतिको बलियो भनेर भित्र्याइएको हो । भित्रिएका यी काठ भवनको झ््याल र चौखटमा बढी प्रयोग हुने गर्दछ ।

भित्र्याइएका यी गोलिया काठ व्यापारीले सोझै बिक्री गर्ने वा झ््याल, ढोकालगायतका सामग्री निर्माण गरी थोक बिक्रेतालाई उपलब्ध गराउने गर्छन् । थोक बिक्रेताले पसललाई उपलब्ध गराएपछि सर्वसाधारण ग्राहकले खरिद गर्ने गर्छन् ।
काठको बढ्दो मागलाई ध्यानमा राखेर जिल्ला वन कार्यालयले वैकल्पिक वन व्यवस्थापन कार्यक्रम र साझेदारी वन कार्यक्रममा जोड दिइएको जिल्ला वन कार्यालयका प्रमुख विनोद देवकोटाले बताउनुभयो ।

यस कार्यक्रम अन्तर्गत जङ्गलभित्रका सुकेका, ढलेका काठलाई सङ्कलन गर्नुका साथै पूर्णरुपले तयार भएका रुखलाई कटान गरी आन्तरिक बजारमा उपलब्ध गराउन सकिने उहाँले जानकारी गराउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका