Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई – Gaule Khabar

‘बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई

‘बागलुङ गोल्डकप’को उपाधि विष्णुपादुकालाई

बागलुङ,माघ ८ –

दलित युवा सञ्जाल बागलुङले आयोजना गरेको बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि विष्णुपादुका युवा क्लब हेम्जा कास्कीले हात पारेको छ ।

स्थानीय बाङ्गेचौर खेल मैदानमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा ‘फ्युचर ब्राइटर स्र्पोट क्लब’ ९पहेँलो० बागलुङ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै विष्णुपादुकाले उपाधि चुमेको हो ।

उपाधिसँगै विष्णुपादुकाले नगद रु एक लाख पुरस्कार पाएको छ । उपविजेता फ्युचार ब्राइटरले नगद रु ५० हजार प्राप्त गरेको छ । माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, फरवार्डर, अनुशासित टोली र प्रशिक्षकलाई समेत नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने अध्यक्ष राजकुमार बोसेलले बताउनुभयो । प्रतियोगिता चलाउन करिब १२ लाख खर्च भएको आयोजकले जनाएको छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका