Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रोल्पामा वन अतिक्रमण रोकिएन – Gaule Khabar

रोल्पामा वन अतिक्रमण रोकिएन

रोल्पामा वन अतिक्रमण रोकिएन

लिबाङ (रोल्पा),माघ ८ –

जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन । संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ । शान्ति प्रक्रियापछि माओवादी सेनाका ब्यारेक रहेको गैरीगाउँको तिलामा सशस्त्र प्रहरी बलको क्याम्प रहेको छ भने नुवागाउँ गाविसको दहवन र मसिना गाविसको उवामा पनि वन अतिक्रमण गरी खड्गदल गणको गुल्म बसेको बताइएको छ ।

यस्तै, नेपाल टेलिकमले पनि वन अतिक्रमण गरी खुमेल गाविस–१ रांकोट डाँडामा एनसेल र नमस्ते फोनका टावर स्थापना गरेको छ । त्यसैगरी, दुबिडाँडा गाविसको पाताल कटेरी सामुदायिक वन ९जौलिपोखरी इलाका वन कार्यालयअन्तर्गत० होलेरी बजार क्षेत्रको पूर्वतर्फ १६ घर र झेनाम गाविसको धुम्बास सामुदायिक वन क्षेत्रको जग्गामा चार घर गरी २० घर तथा छाप्रो बनाई वन अतिक्रमण गरिएको कार्यालयले जनाएको छ ।

सरोकारवालाका अनुसार यसबाहेक अन्य विभिन्न स्थानमा पनि छिटपुट रुपमा वन अतिक्रमण हुँदै आएको छ । जिल्ला वन कार्यालय रोल्पाले वन अतिक्रमण रोक्न पहल गर्दै आएको भए पनि सरकारको नीति नै फितलो भएको हुँदा वन अतिक्रमण रोक्न नसकिएको जानकार बताउँछन् ।

जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेका अनुसार वन अतिक्रमण रोक्नका लागि विगतका वर्षमा पटकपटक जिल्ला वन अधिकृत, स्थानीय राजनीतिक दल, सामुदायिक वनका पदाधिकारी र अतिक्रमणकारीसहितको उपस्थितिमा सर्वपक्षीय भेला गरी उनीहरुलाई अर्को स्थानमा स्थानान्तरणका लागि निर्देशन गरिएको भए पनि वन अतिक्रमण यथावत नै रहेको छ ।

कालीकोटेका अनुसार एकातर्फ राजनीतिक पार्टीको समर्थनका कारण वन अतिक्रमण नियन्त्रण गर्न असहज भइराखेको छ भने अर्कोतर्फ राज्यले वन अतिक्रमण गर्ने व्यक्ति तथा संस्थालाई राज्यबाट प्रदान गरिने विभिन्न सेवा सुविधाबाट वञ्चित गर्नुको साटो वन अतिक्रमणकारीलाई खानेपानी, बिजुली बत्ती, विद्यालय, सुरक्षा चौकी, मतदाता नामावलीमा नाम दर्तालगायतका सेवा सुविधा दिँदै आएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका