Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यसरी सपथ लिँदै छन् आज अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प – Gaule Khabar

यसरी सपथ लिँदै छन् आज अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प

यसरी सपथ लिँदै छन् आज अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प

वाशिङ्गटन, माघ ७–

अमेरिकामा एक नम्बरका घरजग्गा कारोबारी, अतिशय धनाढ्य र टेलिभिजन कार्यक्रमका एक कुशल प्रस्तोता र कलाकार भनी परिचित डोनाल्ड ट्रम्पले आज स्थानीय समय अनुसार मध्यान्हमा (नेपाली समय अनुसार राति करिब एघार बजे) एक भव्य समारोहकाबीच ४५ औं अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा उहाँ रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्प विजयी हुनु भएको थियो । यस अर्थमा, विगत आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी राष्ट्रपति भवन – ह्वाइट हाउस अब पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको हातमा जाँदैछ ।

निवार्चनमा ट्रम्पलाई मत दिई विजयी गराउने बिभिन्न राज्यका हजारौं जनताहरु एक ऐतिहासिक समारोह अवलोकन गर्न आज बिहानै देखि अमेरिकाको राजधानीमा ओइरो लागी क्यापिटोल हिलू मा अवस्थित समारोहस्थल वरपर भेला भएका छन् ।

ट्रम्प समर्थक कतिपय युवाले निर्वाचन अभियानताका लगाउने गरेका मेक अमेरिका ग्रेट अग्येनू लिखित रातो रङ्गको ह्याट लगाएका देखिएका छन् ।

त्यस्तै, नवनिर्वाचित ट्रम्पभने अमेरिकी राष्ट्रपतिले शपथ ग्रहण गर्दा लगाउने तथा शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक मानिने परम्परागत औपचारिक पोशाक – ‘पम्प एण्ड पेजेन्ट्री’ मा सजिनु भएको छ ।

अमेरिकी परम्परागत धार्मिक चलन अनुसार उहाँ आज बिहानै सपरिवार स्थानीय एउटा चर्चमा जानु भै त्यहाँ आयोजित प्रार्थना सभामा सम्मिलित हुनु भयो । प्रार्थना सभा समाप्त भएपश्चात्, उहाँ निवर्तमान राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेल ओबामाको निमन्त्रणा मान्न उहाँ सपरिबार ह्वाइट हाउस जानु भै चियापान कार्यक्रममा सम्मिलित हुनु भयो ।

अब मध्यान्ह हुनु अघि, सपरिवार उहाँ तथा निवर्तमान राष्ट्रपति ओबामाको परिवार पनि सँगसँगै एउटा बिशेष किसिमले सजाइएको बाहन – राष्ट्रपतीय लिमोजिनमा सवार भै क्यापिटोल हिलतर्फ प्रस्थान गर्नु हुनेछ र शपथ ग्रहण समारोह औपचारिक रुपमा शुरु हुनेछ ।

शपथ ग्रहण गर्नुपूर्व उहाँले करिब बीस मिनेटको एक छोटो औपचारिक सम्बोधन गर्नुहुने र सम्बोधनका क्रममा आफू एक कट्टर अमेरिकी नागरिक हुँ भन्नेमा पुष्टि गर्नु हुने ट्रम्पका प्रवक्ता सिन स्पाइसरले बताए ।

यस औपचारिक सम्बोधनमा ट्रम्पले निश्चित गरिएको विषयबस्तु (एजेण्डा) लाई कम समय र आफ्नो दार्शनिक विचारधारा व्यक्त गर्न बढी समय खर्चिनु हुने (लेस अफ एन एजेण्डा एण्ड मोर अफ ए फिलोसफिकल डक्युमेन्टू) पनि प्रवक्ता स्पाइसरले बताए ।

अमेरिकी अन्य उच्च अधिकारी तथा सम्मानित ब्यक्तित्वहरु सँगसँगै, राष्ट्रपति पदकी पूर्वउम्मेदबार हिलारी रोधाम क्लिन्टन पनि क्यापिटल हिलमा यथा समयमै पुगी आसन ग्रहण गर्ने सोचमा हुनुहुन्छ ।

यता, निवर्तमान राष्ट्रपति ओबामा ह्वाइट हाउसबाट बिदाबादि भएपछि केही बर्षसम्म वाशिङ्गटनमै सपरिबार बस्ने बिचारमा हुनुहुन्छ तर यस शपथ ग्रहण समारोह पश्चात् छुट्टि मनाई केही समय आराम गर्न उहाँ क्यालिफोर्नियाको पाम स्प्रिङग्स पुग्नु हुनेछ ।

पाम स्प्रिङग्सतर्फ प्रस्थान गर्नुअघि ह्वाइट हाउसका सबै कर्मचारीबर्गलाई एक बिदाइ सम्बोधन गर्नुहुने र अमेरिकी राष्ट्रपति मात्र चढ्नका लागि छुट्याइएको सैनिक बिमान – अमेरिकन एयर फोर्स–वान् मा अन्तिम पटक चढी प्रस्थान गर्नुहुनेछ । रासस/एपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका