Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धादिङको हुग्दी खोलामा ट्रक खस्यो, चालकको मृत्यु – Gaule Khabar

धादिङको हुग्दी खोलामा ट्रक खस्यो, चालकको मृत्यु

धादिङको हुग्दी खोलामा ट्रक खस्यो, चालकको मृत्यु

धादिङ, माघ ७–

धादिङको जोगिमारा गाविस–१ हुग्दी खोलामा आज ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ६ ख ७३७० नं को ट्रक त्रिशूली नदीमा खस्दा मकवानपुर जिल्ला मदनपोखरीका ३० वर्षीय चालक विवेक थिङको मत्यु भएको प्रहरीले जनाएको छ । चालकको उपचारका लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको थियो ।

सोही गाडीका सहचालक १६ वर्षीय रोजन तितुन घाइते भएकाले राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका