Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गहुँमा फौजी किराको प्रकोप – Gaule Khabar

गहुँमा फौजी किराको प्रकोप

गहुँमा फौजी किराको प्रकोप

रुपन्देही (तिलोत्तमा), माघ ७ –

पोसाउन लागेको गुहँमा फौजी किराको प्रकोप देखापरेको छ ।

तिलोत्तमा नगरपालिकासहित जिल्लाका ११ गाविसमा फौजी किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको वहा, वसन्तपुर, धकधई, पजरकट्टी, पोखरभिन्डी, छोटरी रामनगर, सिक्टहन, पड्खौली, बोधबारलगायत गाविस तथा तिलोेत्तमा नगरपालिका केही स्थानमा फौजी किराको प्रकोप देखिएको छ । ठूलो सङ्ख्यामा फौजी किरा आएर गहुँको पात, डाँठ र विस्तारै बोट नै खाएर सखाप पार्ने गरेको छ । कृषि कार्यालयले क्लोरपाइरिफस ५० प्रतिशत र साइपरेमथ्रिन पाँच प्रतिशत मिश्रण गरी गहुँमा छन आग्रह गरेको छ ।

फौजी किराका कारण जिल्लाको करिब पाँच हजार हेक्टर क्षेत्रफलमा लगाएको गहुँमा क्षति पुगेको छ । फौजी किराकै कारण यस वर्ष करिब ५० प्रतिशत गुहँ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालयलको अनुमान छ । जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा गहँु लगाइन्छ । जिल्लामा करिब ७५० टन गहुँको बीउ उत्पादन हुन्छ ।

यहाँ उत्पादन भएको गहुँको बीउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनँहुलगायत जिल्लामा निर्यात हुने गरेको छ । अहिले यहाँ विजय, भृकुटी, गौतम, एनएल २९७ र एनएल ९७१ जातका गहुँको बीउ उत्पादन हुने गरेको छ । करिब ४० हजार किसान गहँुखेतीमा संलग्न छन् । तीन हजार ७ सय टन बीउ आवश्यक पर्ने बताइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका