Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिलान्यासमा मात्र रुचि देखाउँदा विकास निर्माणले पूर्णता पाएन- सभापति अधिकारी – Gaule Khabar

शिलान्यासमा मात्र रुचि देखाउँदा विकास निर्माणले पूर्णता पाएन- सभापति अधिकारी

शिलान्यासमा मात्र रुचि देखाउँदा विकास निर्माणले पूर्णता पाएन- सभापति अधिकारी

काठमाडौँ,माघ ७ –

व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले आफ्नो अनुगमन र मूल्याङ्कन प्रतिवेदन पेस गर्दै पूर्वाधारको विकासका उदासीनता र केवल शिलान्यासमा मात्र रुची देखाउँदा विकासका काम समयमा सम्पन्न हुन नसकेको बताउनुभयो ।

संसदीय समितिले वार्षिक प्रतिवेदन पेस गर्दै आएपनि अनुगमन र मूल्याङ्कन प्रतिवेदन सदनमा पहिलोपटक पेस भएको हो । सो प्रतिवेदनमा समग्र निर्णय र निर्देशनमा कस्ता प्रगति भए वा भएनन् भन्नेबारे उल्लेख छ ।

सभापति अधिकारीले समितिका निर्णय मात्र होइन, सरकारका मन्त्री र निकायका निर्णयहरु नै कार्यान्वयन नहुँदा विकासका काम प्रभावित भएको बताउनुभयो । पछिल्ला तीन वर्षमा शिलान्यास भएका ९६ पुलहरु अझै सम्पन्न हुन नसकेको विवरण प्रस्तुत गर्नुभयो ।

‘‘पूर्वाधारको विकासका उदासीनता र शिलान्यासमा रुची देखिएको छ, अर्कोलाई दोष दिएर उम्कने प्रवृत्ति छ । यस्तो शैलीबाट पुँजीगत खर्च र परिणाम दिन तथा सदन र सरकारलाई जवाफदेही बनाउन सकिँदैन’’ सभापति अधिकारीले भन्नुभयो ।

बैठकमा सभामुख ओनसरी घर्तीले मन्त्रिपरिषद्मा दुई सदस्य थप भएकोसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका