Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेको लहर – Gaule Khabar

पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेको लहर

पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेको लहर

चितवन, माघ ७-

विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेको लहर नै चलेको छ । बिहीबार पटिहानीमा एकै पटक २ सय ३८ जना विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेकपा एमाले वडा कमिटी भरतपुर २६ को आयोजनामा बिहीबार पटिहानीमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा स्थानीय समाजसेवा तथा शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व गिरिधारी पौडेल सहित २ सय ३८ जना एमालेमा प्रवेश गरेका हुन् । पौडेल माओवादी केन्द्र निकट रहँदै आएका थिए । एमाले प्रवेश गर्नेमा राप्रपा, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका रहेका छन् । नवप्रवेशीहरुले राष्ट्र, राष्ट्रियता, जनजीविका र समृद्धिका लागि एमालेले अघि सारेको विचार र लिएको अडानले आफूहरु प्रभावित भएको भन्दै एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन आफूहरु लाग्ने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले एमालेले राष्ट्रियता कमजोर बनाउन नदिने बताए । सरकारले देशको राष्ट्रियता कमजोर बनाउन खेल खेलेको भन्दै खनालले त्यसलाई एमालेले रोक्ने बताए । खनालले भने “सरकारले नयाँ नयाँ विवाद सिर्जना गरेको छ । विखण्डनकारी संविधान संशोधन प्रस्ताव ल्याएको छ । एमालेले विखण्डनकारी संविधान पास हुन दिंदैन ।” उनले एमाले अब पहिलो मात्रै नभएर बहुमत प्राप्त पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका