Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किसानको आफ्नै सक्रियतामा बीउ बैंक स्थापना – Gaule Khabar

किसानको आफ्नै सक्रियतामा बीउ बैंक स्थापना

किसानको आफ्नै सक्रियतामा  बीउ बैंक स्थापना

महोत्तरी,माघ ७ –

सीतापुर भङ्गहाका किसानले आफ्नै सक्रियतामा व्यावसायिक रुपमा बीउ बैंक स्थापना गरेका छन् ।

बजारबाट महँगो मूल्यमा खरिद गरेर ल्याएको बीउबिजनबाट ठगिएपछि उत्पादन बढाउन उनीहरुले आफै बीउ बैंक स्थापन गरेका हुन् । नक्कली बीउकै कारण उत्पादन घटेर पिरोलिएका किसान गढीमाई कृषि सहकारीमार्फत रैथाने जातको बीउ जोगाउनमा लागेका छन् ।

जिल्ला कृषि विकास कार्यालयले किसनालाई ५० प्रतिशत अनुदानमा आधुनिक जातको मूल बीउ उपलब्ध गराएको जढीमाई सहकारीका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो । यसअघि यहाँका किसान भारतीय बजारको बीउमा निर्भर थिए । सो बीउ बैंकको पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हालै उद्घाटन गर्नुभयो ।

“बजारको बीउमा धेरैपटक ठगियौँ, लगानी नै डुब्या,े” स्थानीय विजयकुमार महतोले भन्नुभयो । बीउ भण्डारण केन्द्र स्थापना भएपछि किसानलाई बीउ खरिद गर्न सजिलो भएको छ । उत्पादनका लागि बीउ भण्डारण कक्ष, पावर टेलर, बीउ ग्रेडिङ गर्ने मेसिन, सिड ड्रिललगायतका करिब रु १० लाख बराबरको उपकरण सहकारीमार्फत किसानलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो ।

रातो बासमती, सोवरण सव एक, राम, हर्दिनाथलगायत धानका बीउ तयार गरिँदै छ भने ८० क्विन्टल धानको बीउ भण्डारण गर्न लागिउको सहकारीले जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका