Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एउटै डोरीमा झुण्डिएर आत्महत्या – Gaule Khabar

एउटै डोरीमा झुण्डिएर आत्महत्या

एउटै डोरीमा झुण्डिएर आत्महत्या

सुरुङ्गा (झापा), माघ ७ –

समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन ।

यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् ।

यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईको आत्महत्या पनि । उनीहरुले आज बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।

कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ, प्रहरी नायब उपरीक्षक थेवेले भन्नुभयो ।

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको बताइएको छ ।

भट्टराई भने चालकको काम गर्दै आएका र उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका