Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नयाँ मन्त्रीको बायोग्राफीः कार्यकर्ताकी पत्नी ताक्नेदेखि संघीयता नस्वीकार्नेसम्म – Gaule Khabar

नयाँ मन्त्रीको बायोग्राफीः कार्यकर्ताकी पत्नी ताक्नेदेखि संघीयता नस्वीकार्नेसम्म

नयाँ मन्त्रीको बायोग्राफीः कार्यकर्ताकी पत्नी ताक्नेदेखि संघीयता नस्वीकार्नेसम्म

काठमाडौँ,माघ ६ –

प्रेम, युद्ध र राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने मान्यतालाई नेपालका एकसीटे साना दलले फेरि एकपटक पुष्टि गरेका छन् । नेपाली जनताको दुःखचाँहि के छ भने हामीले त्यस्ता व्यक्तिलाई मन्त्री मान्नुपरेको छ, जसको बोली र व्यवहारमा न कुनै इमान छ, न समाजमा कुनै इज्जत ।

प्रधानमन्त्री प्रचण्डले विहीबार प्रेमबहादुर सिंह र कुमार खड्कालाई मन्त्री पदमा सपथ खुवाएका छन् । सिंह सरसफाइ मन्त्री बनेका छन् भने खड्का महिला तथा बालबालिका मन्त्री ।

नयाँ मन्त्री बनेका प्रेमबहादुर र कुमार दुवैको विचार संविधान संशोधन गर्ने र मधेसी तथा आदिवासी(जनजाति आन्दोलनकारीको माग पूरा गर्नुपर्छ भन्ने कुराको विपक्षमा रहँदै आएको छ । उनीहरु संघीयता विरोधी हुन् ।

हङ पार्लियामेन्ट भएपछि एक दुर्इ सिटे दलहरूले अवसर पाउँछन्, जुन यो पटक पनि देखियो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारमा ३ र ५ सिटे दललार्इ उपप्रधानमन्त्री नै दिइएको थियो भने एक सिटे बिश्वेन्द्र पासवानमात्र होइन सिंह स्वयम् पनि मन्त्री बनेका थिए ।

प्रेमबहादुर सिंहका लागि मन्त्री पद नयाँ होइन । २० वर्षको अवधिमा उनी चौथोपटक मन्त्री बनेका छन् । संयोग नै मान्नुपर्छ, उनी दुई पटक कानुनमन्त्री बने भने दुई पटक खानेपानी तथा सरसफाइ मन्त्री ।

नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाट वामपन्थी राजनीति शुरु गरेका कालीकोटका सिंहले पञ्चायतकालमा कर्णालीमा राम्रै वामनेताको छवि बनाएका थिए । वास्तवमा कर्णालीमा एमालेको संगठन विस्तारको श्रेय सिंहलाई समेत जान्छ ।

सिंह मजदूर किसान पार्टी छाडेर तत्कालीन माले हुँदै एमाले बने । एमालेबाट कर्णाली अञ्चल इन्चार्ज बनेका सिंहले आफ्नै कमाण्डमा ०५६ सालमा कर्णालीका पाँचै सीटमा एमालेलाई बिजयी बनाएका थिए ।

तर, त्यसअघि नै सिंह राष्ट्रिय सभामा एमालेको सांसद भइसकेका थिए । वामदेव गौतम उपप्रधानमन्त्री भएको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा ०५३ मा सिंह एमालेका तर्फबाट पहिलो पटक कानुन मन्त्री बने ।

एमाले फुटेर माले बने पनि सिंह एमालेमै बसे । यसबीचमा उनको व्यभिचारी चरित्रबाट पीडित बनेका हुम्लाका एकजना एमाले कार्यकर्ताले बल्खुको छतबाट हाम फालेर आत्महत्या गर्ने प्रयाससमेत गरे ।

संगठन निर्माणका सिलसिलामा हुम्ला पुगेका बेला सिंहले आफ्नै सहकर्मीकी पत्नीसँग व्यभिचार गरेको भेटिएपछि यस्तो घटना भएको थियो । र, यही घटनाका कारण सिंहले ०५५ सालमा कालिकोटमा कुटाइसमेत खाए ।

ठकुरी बाबुसाहेब मन्त्री सिंहकी जेठी श्रीमती हाल कालीकोटमा छिन् भने माइली श्रीमती थानकोटतिर छिन् । उनी अहिले आफ्नै पार्टीकी एक नेतृसँग मैतिदेवीमा बस्छन् । – अन्लाईन खबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका