Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कृषि कार्यालयको गाडी दुर्घटना, तीन गम्भीर घाइते – Gaule Khabar

कृषि कार्यालयको गाडी दुर्घटना, तीन गम्भीर घाइते

कृषि कार्यालयको गाडी दुर्घटना, तीन गम्भीर घाइते

काभ्रे,माघ ६ –

काभ्रेको डाँडापारि गोकुलेमा आज बिहान गाडी दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् ।

बा१झ ५४०८ नंको जिल्ला कृषि विकास कार्यालयको गाडी दुर्घटना हुँदा गाडीमा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव इन्द्रबहादुर थिङ र चालक तिलक बस्नेत गम्भीर घाइते भएका छन् ।

गोकुले गाविसबाट घर्तीछापतर्फ आउँदै गरेको गाडी घर्तीछाप–८ कोल्टारमा बिहान दुर्घटना भएको हो । बुधबार डाँडापारि क्षेत्रमा गरिएको कृषि क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएर आज फर्कने क्रममा उक्त बस दुर्घटनामा परेको हो ।

घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले जानकारी दिनुभयो । गाडीमा १० जना सवार थिए र गम्भीर घाइते तीनमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डिएसपी नवीनराज राईले जानकारी दिनुभएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका