Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सलमान खानको १८ बर्षे पुरानो मुद्धा बल्झियो : मुद्दाको फैसला आजै : ३ देखि ७ वर्षसम्म जेल हुन सक्ने – Gaule Khabar

सलमान खानको १८ बर्षे पुरानो मुद्धा बल्झियो : मुद्दाको फैसला आजै : ३ देखि ७ वर्षसम्म जेल हुन सक्ने

सलमान खानको १८ बर्षे पुरानो मुद्धा बल्झियो : मुद्दाको फैसला आजै : ३ देखि ७ वर्षसम्म जेल हुन सक्ने

माघ, ६ –

एजेन्सी । बलिउड सुपर स्टार सलमान खानको हरिण शिकारसँग जोडिएको १८ वर्ष पुरानो मुद्दाको बुधबार फैसला हुने बताइएको छ । यदि यो मुद्दामा सलमान दोषी ठहरिए ७ वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । सन १९९८ मा भएको यो शिकार सम्बन्धि मुद्दामा सलमानको विरुद्ध चार मुद्दा चलिरहेको छ । यी मध्ये दुईमा लेहाइकोर्टबाट सफाई पाइसकेका छन । अर्को एक मुद्दाको सुनुवाई भने जनवरी २५ तारीखमा तोकिएको छ ।

बिना लाइसेन्स हतियार राखेको आरोप सावित भएमा सलमान खानलाई ३ वर्ष जेल सजाय हुने बताइएको छ । र हतियारको गलत प्रयोग भएको प्रमाणित भएमा ७ वर्ष जेल सजाय हुनेछ । यदि सलमानलाई ३ वर्ष भन्दा बढी सजाय सुनाइएमा अदालतबाट सिधै जेल जानु पर्ने हुन्छ । नियम अनुसार मुद्दाको फैसला आरोपीको उपस्थितिमा हुने भएकोले सलमान अहिले अदालतमा उपस्थित भएका छन । उनीसँग बहिनी अलबीरा पनि साथमै रहेकी छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका