Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु – Gaule Khabar

मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु

मालीमा भएको आत्मघाती कारबम हमलामा ५० को मृत्यु

गाओ (माली),  माघ ६-

मालीमा भएको आत्मघाती कारबम हमलामा परी कम्तीमा ५० को मृत्यु भएको छ । पूर्वविद्रोहीहरुलाई राखिएको शिविरमा बुधबार विस्फोट भएको र अरु कैयौ घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । गाओ यस क्षेत्रको सवै भन्दा ठुलो सहर हो । यहाँ सन् २०१५मा शान्ति सम्झौता भएर सरकार विरोधी गतिविधि रोकेका विद्रोहीहरुलाई राखिएको थियो ।

राष्ट्रपति इब्रहिम बौबाकरले घटना प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । अल्जेरियन जिहादिस्ट र अलक्वेदाले विज्ञप्ती जारी गरी घटनाको जिम्मेबारी लिएका छन् । आक्रमण लगत्तै रक्षा मन्त्री अब्दुल्लाय इद्रिसा मैगाले घटनास्थलमा पुगेर घटनाका बारेमा जानकारी लिनु भएको छ । यसैबीच, सो घटनालाई संयुक्त राष्ट्रसङ्घले क्रुर अमानविय घटनाको संज्ञा दिएको छ । राष्ट्रसङ्घका एक जना प्रवक्ताले मालीमा भएको घटनाको घोर भ्रत्सर्ना गरिएको र शान्ति सम्झौतालाई प्रभाव पार्नेगरी भएका यस्ता गतिविधि निन्दनीय भएको बताउनु भएको छ । रासस÷एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका