एक करोडका ४४ वटा योजना सार्वजनिक

एक करोडका ४४ वटा योजना सार्वजनिक

पोखरा,माघ ६ –

कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँहरुले कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटेर रु ५०÷५० लाखका छुट्टाछुट्टै ४४ वटा विभिन्न योजना सार्वजनिक गर्नुभएको हो ।

नेकपा (एमाले)का तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदद्वयले सार्वजनिक गर्नुभएका २२÷२२ वटा योजनामा कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटिएको छ ।

योजना सार्वजनिक गर्दै सांसद गुरुङले मुलुकमा स्थानीय तहको निर्वाचन गरी विकास निर्माणको काम सम्बन्धित निकायबाट गरिनुपर्ने बताउनुभयो ।

अर्का सांसद विश्वकर्माले समाजका पछाडि परेको एवम् निर्देशिकामा व्यवस्था भएअनुरुप योजना छनोट तथा बजेट विनियोजन गरिएको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका