Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीका किसानले उखुको मूल्य पाएनन् – Gaule Khabar

नवलपरासीका किसानले उखुको मूल्य पाएनन्

नवलपरासीका किसानले उखुको मूल्य पाएनन्

नवलपरासी, माघ  ५

यहाँका उखु किसानले सरकारले निर्धारण गरेबमोजिमको उखुको मूल्य पाउन सकेका छैनन् ।

सरकारले उखुको मूल्य प्रति क्विन्टल रु पाँच सय ३१ निर्धारण गरेको भएपनि किसानले प्रति क्विन्टल रु पाँच सय १७ मात्र पाउँदै आएका छन् । जिल्लाका चिनी उद्योगले किसानलाई सरकारले निर्धारण गरेको मूल्य दिन मनाही गर्दैआएका उखु उत्पादक समितिका जिल्ला अध्यक्ष उमेश यादब बताउछन् ।

गत वर्ष २० लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा यस वर्ष करिब २५ लाख क्विन्टल उखु उत्पादन भएको छ । हाल यहाँ लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । यस वर्ष उत्पादन भएको उखु जिल्लामा रहेका चिनी उद्योगका लागि निकै कम हो ।

चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने र कम मूल्यमा खरिद गर्ने भएकाले पछिल्लो सयम उखुखेती गर्ने किसान अन्य नगदेबालीतर्फ आकर्षित हँुदै गएका छन् । “सरकारी निकायले अनुगमन नगर्दा किसान चिनी उद्योगबाट ठगिनु परेको छ,” अध्यक्ष यादवले बताए ।

जिल्लामा सात हजार १४९ हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएको छ । करिब ६८ प्रतिशत समतल खेत र ३२ प्रतिशत पाखोमा उखु उत्पादन हुन्छ । परासी र नवलपुर क्षेत्रको अधिकाश भागमा उखुखेती गरिन्छ । यहाँ एकसय वटा भेलिका क्रसर उद्योग छन् भने करिब १४ हजार किसान उखुखेतीमा आवद्ध रहेका तथ्याङ्क छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका