काठमाडौँ,माघ ५ –
सत्तारुढ दल नेपाली कांग्रेसका महासमिति सदस्य वासुदेव आचार्यले पदबाट राजीनामा दिएका छन् । र, पार्टी समेत परित्याग गरेका छन् ।
अर्घाखाची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं। ९ निवासी आचार्यले पुस १५ गते राजीनामा पार्टी नेतृत्वलाई बुझाएको र सोही मितिदेखि लागु हुनेगरी सभापति शेरबहादुर देउवाले बुधबार ९आज० राजीनामा स्वीकृत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
उनका अनुसार आचार्यको पुस १५ गतेदेखि नै लागु हुनेगरी पार्टीको साधारण सदस्य समेत खारेज भएको छ ।
आचार्यले किन छाडे पार्टी र?
जनभावना विपरित पाँच नम्बर प्रदेश टुक्राएर संविधान संशोधन गर्न खोजेपछि नेता आचार्यले पार्टी छाडेको उनका निकस्थ बताउँछन् । पाँच नम्बर प्रदेशमा पर्ने अर्घाखाँची गृह जिल्ला भएका आचार्य कांग्रेसको पछिल्लो कदमदेखि असन्तुष्ट थिए ।